युएनएद्धारा नागरिकताको निरन्तरताको लागि दवावमूलक अभियान सञ्चालन

द एभरेष्ट पोष्ट
२७ साउन २०८२ १:५५
युएनएद्धारा नागरिकताको निरन्तरताको लागि दवावमूलक अभियान सञ्चालन

न्यूयोर्क, १० जुलाई
युनाईटेड नेपाली एशोसियसन(युएनए) ले विदेशमा बस्ने नेपालीहरुको नागरिकताको निरन्तरताको अधिकार गर्न देशव्यापी रुपमा दवावमूलक अभियानको शुरुवात गरेको छ ।

अमेरिकामा बस्ने नेपालीहरुको साझा संगठनका रुपमा स्थापना भएको युएनएले प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरता र अन्य साझा मुद्दामा नेपालीका अन्य संघसंस्थासंग सहकार्य गर्दै आएको छ ।

नागरिकताको निरन्तरताको अधिकारका लागि शुरु गरिएको अभियानको एक सातामा प्राप्त सकारात्मक प्रतिक्रियाले युएनए उत्साही भएको संस्थाका प्रवक्ता पवन योञ्जनद्धारा जारी गरिएको बिज्ञप्तिमा जनाएको छ ।

युएनए नेपालीहरुको नागरिकताको निरन्तरताको अधिकार र साझा हीतका लागि दीर्घकालीन, सकारात्मक र सशक्त प्रभावका लागि सक्रिय छ, बिज्ञप्तिमा भनिएको छ, साझा प्रयत्न र एकता मार्फत अझ ठूलो परिवर्तन संभव छ । त्यसका लागि हामी साझा उद्देश्य बोकेका अन्य संघसंस्थासंग सहकार्य र हातेमालोका लागि सधै तत्पर छौ ।

ड्यालसमा नेपाल विद्युत प्राधिकरणका पूर्व सिईओ कुलमान घिसिङ, भर्निजियामा राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीसंग गरिएको अन्तरक्रियामा उहाँहरु प्राप्त समर्थनले युएनएद्धारा शुरु गरिएको अभियानमा उत्साह थपेको छ ।

नारामा एक पटकको नेपाली सधैको नेपाली भनिएपनि विदेशमा बस्ने नेपालीहरुलाई नागरिकताको अधिकार र एउटा नागरिकका रुपमा प्राप्त हुने सुविधामाथि नेपाल सरकारले अंकुश लगाउन खोजिरहेको युएनएका अध्यक्ष भक्त बहादुर भण्डारीले आशंका गरे । उनले भने, विदेशमा बस्ने नेपालीहरुको अधिकार खोस्ने दुस्प्रयत्नका विरुद्ध सबै एकढिक्का हुन आवश्यक छ ।

विदेशमा रहेका नेपालीहरुले संविधानमै संविधानमै हकहीत र अधिकार सुनिश्चितताका लागि सरकारलाई दवाव दिन आवश्यक भएको भण्डारीले बताए ।

उनले युएनएले सञ्चालन गरिरहेको अभियानमा साथ, सहयोग र समर्थनका लागि विदेशमा रहेका नेपालीहरुसंग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस