‘भ्वाइस अफ नेपाल’ सिजन ७ लागि ३ कोच सार्वजनिक, फर्किए प्रमोद खरेल

काठ्माण्डौँ- गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनका लागि ३ कोच सार्वजनिक गरिएको छ ।
‘भ्वाइस किड्स’ चौथो सिजनको फिनालेमा शनिबार सातौं सिजनको औपचारिक घोषणा गर्दै कोचबारे जानकारी दिइएको हो ।
जसअनुसार, भ्वाइसको सातौं सिजनमा गायक प्रमोद खरेलको पुनरागमन भएको छ । खरेलसहित मेलिना राई र खेम सेन्चुरी कोचको रूपमा रहनेछन् । अर्का एकजना कोचको घोषणा हुन बाँकी छ ।
भ्वाइसका होस्ट सुशील नेपालले गायक खरेल सातौं सिजनमा फर्किएको जानकारी गराएका थिए । आफू भ्वाइसमा फर्किएको जानकारी दिन खरेल स्टेजमा पुगेका थिए ।
‘भ्वाइस’को सातौं सिजनको डिजिटल अडिसन सकिएको छ । अब ब्लाइन्ड अडिसन शुरू हुने आयोजकले जनाएको छ ।