घाईतेहरुको अवस्था सामान्य छ–प्रजिअ हमाल

द एभरेष्ट पोष्ट
२६ साउन २०८२ ६:४१
घाईतेहरुको अवस्था सामान्य छ–प्रजिअ हमाल

धनगढी, २५ साउन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले कैलाली कारागारमा शुक्रवार रातिको झडपमा घाईते भएकाहरुको अवस्था सामान्य रहेको बताएका छन् ।

शनिवार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हमालले एक जना घाईतेलाई थप उपचारका लागि काठमाण्डौं पठाउने प्रयास भईरहेको बताए ।

हमालले मौसमको खरावीका कारण हेलिकोप्टर आउन नसक्दा घाईतेलाई थप उपचारका लागि काठमाण्डौं पठाउन नसकिएको बताए ।
उनले घाईतेहरु ठूलो संख्यामा रहेकोले सेती प्रादेशिक अस्पतालमा उपचारमा कठिनाई भईरहेको बताए ।

प्रजिअ हमालले कारागारभित्र नेतृत्व कसले गर्ने विषयमा उत्पन्न बिबादले झडप निम्त्याएको बताए ।

उनले कैदीबन्दीहरुको सरुवाको विषयले कैदीबन्दीहरुका बीचमा मनमुटाव उत्पन्न भएको र झडपको एउटा कारण कैदीहरुको सरुवाको विषय भएको बताए ।

आगामि दिनमा कारागारमा यस्ता घट्ना दोहरिन नदिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रजिअ हमालले जानकारी दिए ।

उनले झडपपछि कारागारभित्र सुरक्षाकर्मीहरु जान नसकेको स्वीकार गर्दै नाईकेले त्यहाँभित्रको सूचना दिईरहेको बताए ।

कैलाली कारागारमा शुक्रवार मध्यराति कैदीहरुबीच झडप भएको थियो । झडपमा परी एक जनाको मृत्यु भएको थियो । ४८ जना घाईते भएका छन् ।
उक्त घट्नापछि कैलाली कारागार कैदीहरुको कब्जामा छ ।

१२५ जना कैदीको क्षमता भएको कैलाली कारागारमा ६९५ जना कैदी राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस