रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्वारा कटआउटमा राखी

द एभरेष्ट पोष्ट
२५ साउन २०८२ १४:२३
रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्वारा कटआउटमा राखी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले रक्षाबन्धन पर्वलाई फरक ढंगले मनाएका छन्।

पार्टीको बनस्थलीस्थित कार्यालयमा लामिछानेको कटआउटमा राखी बाँधेर उनीहरूले आफ्नो समर्थन र ऐक्यबद्धता जनाएका हुन्।

राखी बाँध्दै उपस्थित समर्थकहरूले सभापति लामिछानेको शीघ्र रिहाइको माग समेत गरेका छन्।

यो प्रतीकात्मक कार्यमार्फत उनीहरूले पार्टी सभापतिको रिहाइका लागि दबाब सिर्जना गर्ने प्रयास गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस