कैदीबन्दीहरुले जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेश गर्न रोके

द एभरेष्ट पोष्ट
२५ साउन २०८२ १०:२५
कैदीबन्दीहरुले जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेश गर्न रोके

धनगढी, २४ साउन
झडपपछि कैलाली कारागारभित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितका जिल्लाका सुरक्षा प्रमुखहरुलाई कैदीबन्दीहरुले कारागार प्रवेशमा रोक लगाएका छन् ।

कारागारभित्र कैदीहरुबीच भएको सामूहिक झडपमा एक जनाको मृत्यु र ४७ जना घाईते भएपछि चार वटै सुरक्षा निकायका प्रमुखहरु बिहान करीव १० बजे कारागारको अवस्था बुझ्न गएका थिए । कैदीबन्दीहरुले कारागारभित्र प्रवेश गर्न नदिएपछि जिल्लाका सुरक्षा प्रमुखहरु कारागार परिसरबाटै फर्किएका छन् ।

१५० कैदीबन्दी क्षमता भएको कैलाली कारागारमा हाल ७०० बन्दी छन् ।

केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए । तर त्यसको भोलि पल्टनै १ जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भएको हो ।

दुई दिनयता कारागारभित्र झडपका सूचना बाहिर आएपनि प्रहरी प्रशासनले समयमै समस्या समाधानका लागि चासो नदेखाएका कारण मानवीय क्षति भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस