एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा देउवा उम्मेदवार

द एभरेष्ट पोष्ट
२३ साउन २०८२ ३:१५
एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा देउवा उम्मेदवार

न्यूयोर्क,६ जुलाई ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अगष्ट १६–१७ मा हुन लागेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् ।

डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा रहेको एनआरएनए अमेरिकाको अगष्ट १६–१७ मा हुन लागेको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भईरहेको छ । देउवाले भानु खरेलको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवारी दिएका छन् ।

डोटीका रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा कानून विषयमा स्नातक गरेका देउवा न्यूयोर्कमा व्यवसायमा सक्रिय छन् । देउवा सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्व अध्यक्ष समेत हुन् ।

नेपालमा वकालतसंगै गैर सरकारी संस्था सक्रिय रहेका देउवा अमेरिकामा सामाजिक कार्यसंगै व्यवसायमा संलग्न छन् ।

देउवाले एनआरएनए अमेरिकाको २०२१–२३ कार्यकालमा सदस्यता अभिबृद्धि समितिको सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

कोभिडका साथै बिभिन्न दैवी प्रकोपको समयमा नेपालमा मानव जीवन रक्षा र उनीहरुको राहतका लागि देउवाले सहयोग गर्दै आएका छन् ।

उनले विश्वासको संकट झेलिरहेको एनआरएनलाई सबैको साझा र विश्वसनीय संस्था बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस