एनआरएनए अमेरिकाको निर्वाचनमा पाँच जना सुदूरपश्चिमेली उम्मेदवार, एक निर्विरोध

द एभरेष्ट पोष्ट
२२ साउन २०८२ २०:४७
एनआरएनए अमेरिकाको निर्वाचनमा पाँच जना सुदूरपश्चिमेली उम्मेदवार, एक निर्विरोध

न्यूयोर्क,६ जुलाई ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अगष्ट १६–१७ मा हुन लागेको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा पाँच जना सुदूर पश्चिमेलीले उम्मेदवारी दर्ता गरेका छन् ।

जसमध्ये एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तरगत आईसीसी सदस्य पदमा उम्मेदवारी दिएका सुदूरपश्चिमका हरिप्रसाद जोशी निर्विरोध भईसकेका छन् । बाँकी चार जना चुनावी मैदानमा छन् ।

डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा रहेको एनआरएनए अमेरिकाको अगष्ट १६–१७ मा हुन लागेको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा भईरहेको छ ।

जसमध्ये सुदूरपश्चिमेलीहरु भानु खरेलको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवार बनेका छन् ।

यस पटकको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्बाचनमा बैतडीका बासुदेव भट्टले खुला सचिव पदमा उम्मेदवारी दिएका छन् । सन् २०१३ देखि अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका भट्ट १२ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनले यसअघि नर्थ क्यारोलिना च्याप्टरका सचिव (२०१९–२१) र अध्यक्ष (२०२१–२३) को जिम्मेवारी सम्हालिसकेका छन् । अघिल्लो कार्यकालमा भट्टले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को बोर्ड अफ डाइरेक्टर पदमा काम गरिसकेका छन् ।

डोटीका रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा कानून विषयमा स्नातक गरेका देउवा न्यूयोर्कमा व्यवसायमा सक्रिय छन् । देउवा सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्व अध्यक्ष समेत हुन् ।

बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका अछामका हेमबहादुर ठकुल्ला क्यालिफोर्नियाको लस एन्जलसमा बसोबास गर्दै आएका छन् । उनी सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा लामो समयदेखि आबद्ध रही सामाजिक सेवामा सक्रिय छन् ।

कञ्चनपुरका युवा सुरेन्द्रप्रसाद अवस्थीले पनि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा रहँदा उनी नेपाल विद्यार्थी संघ तथा जुनियर रेडक्रस सर्कल मार्फत सामाजिक क्रियाकलापमा सक्रिय थिए ।

हाल उनी टेक्ससको सेन्ट्रल अस्टिनमा बसोबास गर्दै छन् र सुदूरपश्चिम नेपाली समाज टेक्ससको दोस्रो कार्यकालको लागि बोर्ड सदस्यका रूपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस