महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा आजपनि चार पांग्रे सवारी साधन आवागनमा रोक

द एभरेष्ट पोष्ट
२२ साउन २०८२ १०:५१
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा आजपनि चार पांग्रे सवारी साधन आवागनमा रोक

कञ्चनपुर । शारदा ब्यारेजको पुलमा आज  दोस्रो दिन पनि चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाईएको छ । दोस्रो दिन पनि कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमाथी चार पांग्रे सवारी साधनहरुको आवागमनमा रोक लगाईएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक रहेको छ । मंगलबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।

सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण भएकाले जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्ने बित्तिकै चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस