भूपरिवेष्टित राष्ट्र बाध्यताले अलग छन्, कनेक्टिभिटी नै न्याय हो : प्रधानमन्त्री

द एभरेष्ट पोष्ट
२१ साउन २०८२ १६:५०
भूपरिवेष्टित राष्ट्र बाध्यताले अलग छन्, कनेक्टिभिटी नै न्याय हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरूका लागि न्याय हुने बताएका छन्।

भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्री कनेक्टिभिटीमा जोड दिएका हुन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार साइड एभेन्टमा बोल्ने क्रममा प्रधानमन्त्रीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग रहेको बताए।

प्रधानमन्त्रीको भनाइ थियो, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ-खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस