एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

द एभरेष्ट पोष्ट
२१ साउन २०८२ १५:२८
एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

काठमाडौं : एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाली टिम आफ्नो तर्फबाट तयार रहेको प्रशिक्षक यम प्रसाद गुरुङले बताएका छन्। भुटानको थिम्पुमा हुने यस प्रतियोगितामा नेपालले समूह एमा बुधबार पहिलो खेलमा घरेलु टिम भुटानसँग खेल्नेछ।

नेपाली टिमले राम्रो तयारीसहित मैदानमा उत्रर्ने बताए। ‘हामीले यस प्रतियोगिताअघि साफ च्याम्पियनसिप पनि खेलेका छौं। त्यसले पनि हामीलाई राम्रो तयारी अहिलेसम्म राम्रो छ,’ उनले भने।

बंगलादेशमा ११ देखि २१ जुलाईसमम भएको साफ यु-२० महिला च्याम्पियनसिप खेलेको टिमले नै हाल एएफसी एसियन कप छनोट खेल्न गएको छ। जसले गर्दा नेपाली टिमले गल्ती सुधार्दै छनोट हुने लक्ष्य लिएको छ।

‘हामीले साफमा गरेको गल्तीहरू सुधार्ने मौका मिल्यो। यसपटक हामी गल्ती सुधारेर छनोट हुन्छौं भन्नेमा म ढुक्क छु,’ नेपालका प्रमुख प्रशिक्षक यम गुरुङले भने। उनले आफ्नो टिमको खेलाडीमाथि पूर्ण विश्वास रहेको बताए। ‘हामी हाम्रो खेल खेल्नेछौं। मलाई मेरो खेलाडीमाथि विश्वास छ,’ उनले थपे।

त्यस्तै नेपाली टिमकी कप्तान बिर्सना चौधरीले टिमको तयारी राम्रो भएको बताइन्। ‘हाम्रो तयारी राम्रो छ। कुनै पनि टिमलाई कमजोर ठान्ने छैनौं। यससँगै शीर्षस्थानमा रहेर यो पटक छनोट हुने लक्ष्य छ,’ उनले प्रि म्याच प्रेस कन्फ्रेन्समा बताइन्। नेपालले एएफसी एसियन कप छनोटमा पहिलो खेल घरेलु टिम भुटानसँग खेल्दैछ।

भुटानसँग परीक्षा
नेपाली टिमका प्रमुख प्रशिक्षक यस प्रसाद गुरुङले भुटानमा नेपालजस्तै हावापानी र वातावरण हुँदा नेपाली टिमलाई सहज भएको बताए। यसो भन्दै गर्दा उनलाई गत महिना भएको साफसँग सम्बन्धित भई भुटानको टिमको बारेमा प्रश्न गरिँदा उनी भन्छन्, ‘साफ र एएफसी एसियन छनोट खेल्नु फरक कुरा हो। भुटानलाई हामी सम्मान गर्छौं। भुटानले यो प्रतियोगिता घरेलु मैदान र घरेलु समर्थकको अगाडि खेल्नेछ।’

नेपाली टिमले साफमा उपविजेता बनेर फर्किए पश्चात् नेपाली समर्थकहरूमा नैराश्यता छाएको बताए। ‘नेपालमा फुटबलको क्रेजी समर्थकहरू छन्, जसका कारण उनीहरू पछिल्लो नतिजाबाट दुःखी थिए। यसपाली म उनीहरूको चित्त दुखाउँदिन,’ प्रशिक्षक यस गुरुङले भने। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो खेल साउदी अरेबियासँग ८ अगष्ट र उत्तर कोरियासँग १० अगष्टमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस