‘कुलिङ पिरियड’मा छेडखानी : संसदीय समितिले सभामुखलाई प्रतिवेदन बुझायो

काठमाडौं- संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
सउमितिका संयोजक एवम् नेपाली कांग्रेसका सांसद जीवन परियारले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्याएको प्रतिवेदन मंगलबार सभामुखलाई बुझाएका हुन् ।