प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन आज राति ११ बजे प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको हो।