खेलकुदमन्त्रीले सार्वजनिक गरे एक वर्षको कार्यविवरण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्यविवरण सार्वजनिक गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री चौधरीले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा भएका कार्य तथा नीतिगत सुधार सार्वजनिक गर्दै आगामी कार्यक्रमहरू पनि घोषणा गरेका छन् ।
कार्यविवरणमा राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिएको कुरादेखि युवा विकासमा गरिएका कामहरू उल्लेख गरिएको छ ।
त्यस्तै नेपालमा स्पोर्ट्स इन्भेष्टमेन्ट समिट २०२५ को आयोजना गर्ने घोषणा पनि गरिएको छ ।