पहिलो राष्ट्रिय कोदो दिवसः कृषिमन्त्रीले बारी खने, कोदो रोेपे

द एभरेष्ट पोष्ट
१७ साउन २०८२ १३:३४
पहिलो राष्ट्रिय कोदो दिवसः कृषिमन्त्रीले बारी खने, कोदो रोेपे

काठ्माण्डौँ- आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ।

भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कोदो दिवस मनाइएको हो।

कोदो दिवस मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरिएको थियो।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम राखिएको छ।

पहिलो कोदो दिवसको नारा‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ छ।

कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले बारी खनेका थिए भने कोदो पनि रोपेका थिए।

गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस