कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा बिष्ट नियुक्त
धनगढी, १६ साउन ।
सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा सह प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त भएका छन् ।
विश्वविद्यालयले विहीवार बिष्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। उमेर हदका कारण क्याम्पस प्रमुख तोयराज भट्टले अवकाश पाएपछि बिष्ट क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।
अढाई दशकदेखि कैलाली बहुमुखी क्याम्पसमा कार्यरत बिष्ट २०७९ साल सहायक क्याम्पस प्रमुख नियुक्त भएका थिए ।
२०३७ सालमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसमा छ हजारभन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग
१७ कार्तिक २०८२ १६:३४
