सारिकाको ‘यसपाली नि पोते लगाई नाच्नु पर्ने भो’ बजारमा

काठमाण्डौं, १५ साउन ।
‘गुन भुल्यौ’ बोलको गीतले चर्चामा रहेकी गायिका सारिका घिमिरेको ‘यसपाली नि पोते लगाई नाच्नु पर्ने भो’ बोलको तीज गीत बजारमा आएको छ ।
सारिकाको स्वर रहेको ‘यसपाली नि पोते लगाई नाच्नु पर्ने भो’ तीज गीतको रचना गणेश शाहीले गरेका हुन् । म्युजिक भिडिओको निर्देशन पनि शाहीले नै गरेका छन् । विश्व अधिकारीको संगीत रहेको म्युजिक भिडिओका कोरियोग्राफर राजिव समर हुन् ।
तीजको अवसरमा सार्वजनिक गरिएको ‘दिन्छु भन्थ्यौ सुनको चुरा, गफै मात्र भो, आकाशियो सुनको भाउ, आशै मरि गो’ बोलको गीत महिला दिदीबहिनीले रुचाउने सारिकाको विश्वास छ ।