‘गुन भुल्यौ’ की गायिका सारिकाको ‘मैना चरी’ आउदै

काठमाण्डौं, १५ साउन ।
‘गुन भुल्यौ’ बोलको गीतले चर्चामा रहेकी गायिका सारिका घिमिरेको नयाँ गीत ‘मैना चरी’ बजारमा आउदैछ ।
सारिकाको शब्द र स्वर रहेको ‘मैना चरी’ मा योगेश काजीले संगीत भरेका छन् । म्युजिक भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् ।
म्युजिक भिडिओको नृत्यको लिड रोलमा सारिका स्वयम छिन् । उनले यो गीत चाँडै आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने बताएकी छिन् ।
‘गुन भुल्यौ’को अपार सफलतापछि उत्साही सारिकाले ‘मैना चरी’ पनि स्रोता तथा दर्शकले रुचाउने विश्वास गरेकी छिन् ।
‘मैना चरी’ महिलामाथि हुने हिंसामा आधारित छ ।
दुई महिना अघि सार्वजनिक भएको सारिकाको ‘गुन भुल्यौ’ गीत युट्युवमा एक करोड ३० लाख पटक हेरिएको छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेकी सारिकाले ‘गुन भुल्यौ’ गीतबाट ख्याति कमाएकी हुन् ।