संगठनकै नेताको कुटपिटबाट घाइते क्रान्तिकारीका सुप इन्चार्जलाई प्रचण्डले अस्पताल पुगेर भेटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोमा चोट लागेर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका अखिल (क्रान्तिकारी) का उप(महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
साथै प्रचण्डले स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनका विषयमा विवाद भएपछि उनीमाथि पूर्वविद्यार्थी नेता भुवन विष्टले आक्रमण गरेका थिए ।
अखिल क्रान्तिकारी निर्वाचनमा दुवै उपमहासचिव पदमा लडेका थिए । भट्ट निर्वाचित हुँदा विष्ट पराजित भए ।
उपमहासचिवमा निर्वाचित भएपछि भट्टले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएका थिए ।