केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठ्माण्डौँ- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।