एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । भुटानमा अगस्ट ६ देखि ११ सम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुबल संघ (एन्फा)ले बुधबार दशरथ रंगशालामा एक कार्यक्रम गर्दै बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायतले बिदाई गरे ।
प्रतियोगितामा नेपाल समूह ए मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।
उमेर समूहको विश्वकि जितिसकेको उत्तर कोरिया सबैभन्दा बलियो टोलीको रुपमा छ । नेपालले उत्तर कोरिया जस्तो बलियो टिमसँग खेल्दा अनुभव हासिल गर्ने माैका हुने एन्फाको विश्वास छ ।