राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।
नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू निदाएका हुन् ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको अवस्थामा देखिएका हुन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निदाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदा पनि नउठेपछि उनी सामाजिक सञ्जालमा ट्रोल बनेका थिए ।