फौजी शाहीलाई ऋचाको चेतावनी : भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्छु

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले आफूलाई सामाजिक सञ्जालमा अपमानजनक र अमर्यादित टिप्पणी गर्ने फौजी शाहीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा मङ्गलबार एक शाहीले गरेको टिप्पणी सार्वजनिक गर्दै यस्तो चेतावनी दिएकी हुन् ।
‘फौजी शाही मेरा कामलाई लिएर जस्तो सुकै प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो सिनेमा बहिष्कार पनि गर्न सक्नुहुन्छ’, उनले अगाडि भनेकी छन् ‘तर मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो, त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्नँ ।’
उनले आफूलाई जथाभावी बोलेको भिडियो स्वीकार्य नभएको बताउँदै भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्ने चेतावनी समेत दिइन् ।