सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा बिमल पौडेल सिफारिस

काठमाडौं : सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको हो । ५८ वर्षे उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका छन् ।
ढकाल २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका थिए । सर्वोच्च अदालतको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार,सेवा निवृत्त ढकाललाई आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको थियो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलगायत अन्य न्यायाधीश,रजिस्ट्रार तथा कर्मचारीहरूले बिदाइ गरेका थिए ।