सरकारमाथि एमाले सांसदको आरोप- भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्छ, काण्डमा मुछिएका मन्त्रीलाई संरक्षण गर्छ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद किरणकुमार साहले सरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले भ्रष्टाचारको काण्डमा मुछिएका मन्त्रीहरूको रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए ।
उनले भने, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दिनँ, सुशासनमा प्रतिबद्ध छौँ। कास्की लिची बगैँचा काण्डमा मुछिएका अझै किन पदमा छन् ? भिजिट भिसा काण्डमा मुछिएकाहरूलाई सम्मान गरिन्छ। यो मौनताले लाज हराएको शासन हो कि? भ्रष्टाचारको सुरक्षित शासन हो ?’
उनले मधेश सुख्खा क्षेत्र हुँदा पनि सरकार संवेदनहीन बनेको भन्दै चर्को आलोचना गरे ।