वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित अख्तियारको नियन्त्रणमा

द एभरेष्ट पोष्ट
७ साउन २०८२ २:११
वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित अख्तियारको नियन्त्रणमा

धनगढी, ५ साउन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गरी यादवलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

चुरे गाउँपालिका वडा नम्बर–६ कैलालीस्थित ग्वाँसी सामुदायिक वनको घाटगद्दी गरेको काठ व्यवस्थापन गर्ने क्रममा सेवाग्राहीसँग घूस डिल गरेको जानकारी पाएपछि निगरानीमा राखिएका यादवलाई सोमबार बेलुका घूस सहित रंगेहात नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

पौडेलका अनुसार कञ्चनपुरबाट खटिएको आयोगको टोलीले यादवलाई घूस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई कञ्चनपुरबाट काठमाडौं ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस