गृहमन्त्री लेखकले भूमि विधेयकबारे गरे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेबीच छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार मध्याह्न गृहमन्त्री, महामन्त्री र प्रमुख सचेतकबीच छलफल भएको हो।
गृहमन्त्री लेखकले महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग भूमि विधेयकबारे कुरा गरेका हुन्।
‘एमाले भूमि विधेयक फुल हाउसबाट पास गर्ने पक्षमा देखिएको छ,’ गृहमन्त्री लेखकले भनेका छन्।
तर महामन्त्री थापाले यसमा असहमति जनाएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भूमि विधेयकमाथि संशोधन हालेका थिए। दुवै महामन्त्री भूमि विधेयकलाई समितिमा पठाएर छलफल गर्नुपर्ने पक्षमा छन्।
यसअघि प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा भूमि विधेयक परेपछि महामन्त्री शर्माले आपत्ति जनाएका थिए।