भजनीमा थारु सङ्ग्रहालय पार्क

द एभरेष्ट पोष्ट
३१ असार २०८२ १८:१५
भजनीमा थारु सङ्ग्रहालय पार्क

धनगढी। कैलालीको भजनी नगरपालिका–२ रजवारामा थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आएको छ ।  पर्यटन विकास गर्ने उद्देश्यले लोटैया ताल क्षेत्रमा थारु सङ्ग्रहालय पार्क सञ्चालन गरिएको हो । थारु सङ्ग्रहालयसहितको पार्क निर्माणका लागि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।

संघीय सरकारले ९० लाख र प्रदेश सरकारले १० लाख बजेट दिएपछि सङ्ग्रहालयको संरचना निर्माण भएको वडा अध्यक्ष दुर्गाबहादुर पुनले बताए । उनले वडा कार्यालयलेपनि केही रकम सहयोग गरेको जनाउँदै थपे,“थारु सङ्ग्रहालय पार्क सञ्चालनमा आइसक्यो । सङ्ग्रहालयको घरहरुमा अझै सामग्रीहरु राख्न बाँकी छ ।”

थारु सङ्ग्रहालय पार्कको नगर प्रमुख केवल चौधरी र उपप्रमुख राजुदेवी तिरुवाले एक कार्यक्रमकाबिच उद्घाटन गरे । त्यस क्रममा प्रमुख चौधरीले प्राकृतिक रुपमा सुन्दर भजनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आइरहेको बताए। उनले थारु सङ्ग्रहालयका घरहरुलाई थारु मोडेलमा बनाउनु पर्ने उल्लेख गर्दै भने,“थारु समुदायको हरेक रीतिरिवाज, चालचलनलाई मान र मर्यादाका साथ अगाडि लैजानू पर्दछ ।”

प्रमुख चौधरीले थारु सङ्ग्रहालयसहितको पार्क भजनी नगरपालिकाको सान र मान रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस