इजरायल–हमास युद्ध अर्को सातासम्म रोकिन्छ : ट्रम्प

एजेन्सी। महिनौंदेखि जारी इजरायल–हमास युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष घोषणा गरेका छन्। उनले अर्को सप्ताहसम्म युद्धको ठोस समाधान हुने बताएका छन् ।
मध्यपूर्वमा शान्ति ल्याउन आफू लागिरहेको भन्दै उनले अब युद्ध टुंगिने बताए ।
“कुराकानी जारी छ र आशा छ कि अर्को सप्ताहसम्म कुनै ठोस समाधान हुन सक्छ”, ट्रम्पले पत्रकार सम्मेलनको बिचमा भनेका छन् ।
ट्रम्पले यो पनि स्पष्ट गरेका छन् कि अमेरिकाको निरन्तर प्रयास जारी छ । गाजामा संघर्ष समाप्त गर्नका लागि सबै सम्बन्धित पक्षहरूसँग एउटै टेबलमा वार्ता गर्न सकिने उनको दाबी छ ।
यद्यपि, दोहामा भइरहेको युद्धविरामको कुराकानी भने हाललाई रोकिएको छ । सञ्चारमाध्यमले जनाएअनुसार ट्रम्पको टीम लगातार इजरायल र हमासबिच सम्पर्कमा छन् ।
जारी युद्धलाई अन्त्य गर्न कतारको मध्यस्थतामा लगातार वार्ता चलिरहेको छ । तर, हालसम्म पनि ठोस प्रगति प्राप्त भएको छैन ।
युद्धको कारण गाजामा ठूलो मानवीय संकट छ । जसलाई पनि समाधान गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । जसमा ट्रम्पको अभिव्यक्तिले आशाको सञ्चार गराएको छ ।