प्रदेश प्रमुख मियाँद्वारा विधेयक प्रमाणीकरण

द एभरेष्ट पोष्ट
३० असार २०८२ ११:२०
प्रदेश प्रमुख मियाँद्वारा विधेयक प्रमाणीकरण

कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।

उनले आज आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

शुक्रवार सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययनपछि प्रमाणीकरण गरिएको प्रदेशप्रमुखका प्रमुख स्वकीय सचिव सावीर अलीले जानकारी दिए। विधेयक प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुनेछ। त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुनेछ।

आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिनेछ। यसैगरी, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस