अबको १५ वर्षभित्र देशलाई गरिबीबाट मुक्त गर्नुपर्छ : प्रधानमन्त्री

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गरे । उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमूना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे।
त्यसअघि प्रधानमन्त्रीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका थिए।