मियामीको जितमा मेस्सीको अर्को कीर्तिमान

द एभरेष्ट पोष्ट
२९ असार २०८२ १४:५७
मियामीको जितमा मेस्सीको अर्को कीर्तिमान

काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर ( एमएलएस) मा रोमाञ्चक जित निकालेको छ । आइतबार बिहान नेसभिलविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि मियामीले २–१ को जित निकालेको हो ।

यो जितले मियामीलाई मात्र होइन, एमएलएसको इतिहासमै नयाँ अध्याय थपेको छ । लगातार ५ खेलमा समान दुई गोल गर्दै मेस्सी प्रतियोगिताको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलको १७औँ मिनेटमा गोल गर्दै मेस्सीले मियामीलाई अग्रता दिलाए । उनले ६२औँ मिनेटमा निर्णायक गोल गर्दै मियामीलाई रोमाञ्चक जित दिलाए । पछिल्ला पाँच खेलमा मेस्सीले १० गोल गरेका छन् ।

यो जितपछि मियामीले १९ खेलमा ३८ अंक जोड्दै इस्टर्न कन्फ्रेन्सको पाँचौं स्थानमा उक्लिएको छ । पराजित नेसभिल २२ खेलमा ४१ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस