राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीको लागि ऐन बनाउने

द एभरेष्ट पोष्ट
२७ असार २०८२ १३:३८
राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीको लागि ऐन बनाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढेको खराब कर्जा व्यवस्थापनको लागि आवश्यक सम्पत्ति व्यवस्थापन कम्पनीको ऐनको मस्यौदा तयार गरेर सरकारलाई पेस गर्ने भएको छ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिले यस्तो उल्लेख गरेको हो।

राष्ट्र बैंकले सम्पत्ति गुणस्तरको मूल्यांकन गरिने समेत मौद्रिक नीतिमा उल्लेख गरेको छ।

सम्पत्ति व्यवस्थापन कम्पनीलाई ‘ब्याड बैंक’ भनेर समेत चिनिन्छ। यस्ता कम्पनीले बैंकहरूको खराब भएको ऋण किन्ने र त्यसको धितो बिक्री गरेर असुल्ने मात्रै गर्दैनन्।

यस्ता कम्पनीहरूले कर्जाको भाका बढाइ दिने, त्यस्तो ऋणीको संस्थाको व्यवस्थापन सम्हाल्ने र केही नलागेमा बिक्री गरिदिने समेत गर्छन्।

पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा उच्च दरले बढिरहेको छ। गत चैतसम्मको तथ्यांक अनुसार समग्र क्षेत्रको यस्तो खराब कर्जा औसतमा ५‍.२४ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस