नयाँ स्वरुपमा बडीमालिका मन्दिर

द एभरेष्ट पोष्ट
२६ असार २०८२ २१:१५
नयाँ स्वरुपमा बडीमालिका मन्दिर

खेमराज उपाध्याय
धनगढी, २६ असार ।
प्रख्यात शक्तिपीठ बडीमालिकाको मन्दिर नयाँ स्वरुपमा निर्माण गरिएको छ ।

नेपाली सेनाले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमास्थित प्रख्यात शक्तिपीठ बडिमालिकाको मन्दिर निर्माण गरेको    हो ।

पुरानो मन्दिरकै अघिल्तिर नेपाली सेनाले बडिमालिकाको मन्दिर निर्माण गरेको हो । गजुर सहित पगोडा र शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा दुई तहको छाना छन् । मन्दिरमा काठको एउटा कलात्मक ढोका र दुई वटा झ्यालहरु राखिएका छन् । अत्यन्त आकर्षक ढंगले निर्माण गरिएको मन्दिरको अघिल्तिर घण्ट राखिएको छ । र, मन्दिरकै छेउमा भण्डार गृह निर्माण गरिएको छ । मन्दिरको परिसरमा ढुंगा बिछ्याईएको छ ।

समून्द्र सतहबाट करीव १४ हजार फिटको उचाईमा अवस्थित बडीमालिका मन्दिरमा सतिदेवी बायाँ काँध पतन भएको विश्वास गरिन्छ ।

बडीमालिकाको दर्शन तथा पूजाआराधनाले चिताएको कुरा पुरा हुने विश्वास छ ।

बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) को अवसरमा मेला लाग्छ। देश विदेशबाट हजारौ भक्तजनहरु यो अवसरमा पूजा आराधनाका लागि बडीमालिका पुग्ने गरेका छन् ।

तस्वीर : सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस