टी-२० विश्वकप छनोटको पहिलो चरणमा नेपालले कुवेत र जापानसँग भिड्ने

द एभरेष्ट पोष्ट
२६ असार २०८२ १४:२६
टी-२० विश्वकप छनोटको पहिलो चरणमा नेपालले कुवेत र जापानसँग भिड्ने

काठ्माण्डौँ- ओमानले यस वर्षको अक्टोबरमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिता आयोजना गर्दैछ। यस प्रतियोगितामा नौ टोलीले सहभागिता जनाउनेछन्।

सन् २०२४ को उप-क्षेत्रीय छनोटबाट आएका कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआले आयोजक ओमान, नेपाल र पपुवा न्यू गिनीसँगै आगामी वर्षको आईसीसी पुरुष टी-२० विश्वकपका तीन स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो प्रतियोगिता १० दिनसम्म चल्नेछ, जसको समूह चरण अक्टोबर ८ देखि १० सम्म हुनेछ।

नौ टोलीलाई तीन-तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

सुपर सिक्स चरणका खेलहरू अक्टोबर १२ देखि १७ सम्म चल्नेछ।

सुपर सिक्स चरणका शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी-२० विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गर्नेछन्।

समूह विभाजन
• समूह १: यूएई, मलेसिया र कतार
• समूह २: नेपाल, कुवेत र जापान
• समूह ३: ओमान, पपुवा न्यू गिनी र सामोआ

नेपालको खेल तालिका (सबै खेल ओमान क्रिकेट एकेडेमी अल अमरेतमा हुने)
८ अक्टोबर – नेपाल भर्सेस कुवेत – राति ८:४५ नेपाली समय
१० अक्टोबर – नेपाल भर्सेस जापान – दिउँसो पौने ४ बजे

टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।

बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२४ मा पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस