भारतमा वायुसेनाको विमान दुर्घटनाग्रस्त

काठमाडौं : भारतको राजस्थानस्थित चुरुमा एउटा विमान दुर्घटना भएको छ। रतनगढमा वायुसेनाको विमान अचानक दुर्घटनाग्रस्त भएको भारतीय अधिकारीहरूले बताएका छन्।
विमान दुर्घटनाको जानकारी पाउने बित्तिकै प्रहरी विभाग घटनास्थलमा पुगेको छ। दुर्घटनाले वरपरको क्षेत्रमा पनि त्रास सिर्जना गरेको छ।