भारत गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

द एभरेष्ट पोष्ट
२५ असार २०८२ १२:०६
भारत गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

काठमाडौं । भारत गुजरातको महिसागर नदीमा रहेको पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ ।

यस्तै पुलबाट धेरै सवारी नदीमा खसेको तस्बिरहरु सार्वजनिक भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो पुल ४३ वर्ष पुरानो हो । बडदरा आनंद जोड्ने पुल भारी ट्राफिक भएका बेला भत्किएको हो ।

आधा भत्किएको पुलमा ट्रक झुन्डिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रहरी र स्थानीय घटनास्थल पुगेर अहिले उद्धार गरिरहेका छन् । दुर्घटनाका कारण यस क्षेत्रमा यातायात प्रभावित भएको छ। प्रहरीले यातायात डाइभर्ट गरेको छ ।

गुजरातमा केही दिनदेखि भारी वर्षा भइरहेको छ ।

One thought on “भारत गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस