भ्रष्टाचार मुद्दा लागेकी टेलिकमका एमडी पहाडी अदालत हाजिर

द एभरेष्ट पोष्ट
२४ असार २०८२ १४:५३
भ्रष्टाचार मुद्दा लागेकी टेलिकमका एमडी पहाडी अदालत हाजिर

काठमाडौँ – भ्रष्टाचार मुद्दा लागेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा हाजिर भएकी छिन्।

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार गरेका दाबीसहित पहाडीसहित १८ जनालाई गत जेठ २५ गते मुद्दा दायर गरेको थियो।

पहाडी मंगलबार अदालत हाजिर भएकी हुन्। अहिले पहाडीले बयान दिइरहेकी छिन्। बयानपछि मंगलबार नै थुनछेक बहस हुने विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज जोशीले जानकारी दिए।

आयोगले उक्त मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरेको छ।

अख्तियारल सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसीलाई प्रतिवादी बनाएको छ।

त्यस्तै मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ, चिनियाँ नागरिकहरु लङ यङ, होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालिलाई पनि प्रतिवादी बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस