नेपालले जितका लागि पायो ११४ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
२१ असार २०८२ ११:०५
नेपालले जितका लागि पायो ११४ रनको लक्ष्य

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ ।

मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला बलिङ गरेको थियो ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुरले ४०.५ ओभरमा ११३ रन जोडेको छ ।

समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस