गायिका एलिनालाई अभद्र कमेन्ट गर्नेको मोबाइल बरामद, भेटिए थुप्रै फेक आइडी

द एभरेष्ट पोष्ट
१९ असार २०८२ १७:११
गायिका एलिनालाई अभद्र कमेन्ट गर्नेको मोबाइल बरामद, भेटिए थुप्रै फेक आइडी

काठमाडौं- गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको मोबाइल बरामद गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको बाँडेगाउँबाट ३३ वर्षीय उनलाई पक्राउ गरेको डिआइजी नविन्द अर्यालले जानकारी दिए।

उनले सामाजिक सञ्जालमा गायिका चौहानमाथि अभद्र कमेन्ट गरेको आरोप छ।

अहिले प्रहरीले उनीबाट एउटा मोबाइल बरामद गरेको छ।

‘अहिलेलाई एउटा मोबाइल बरामद भएको छ। उनले विभिन्न फेक आइडीहरू बनाएको देखिन्छ,’ डिआइजी अर्यालले भने, ‘१०-१२ वटा आइडी छ भनेर रिपोर्ट भएको छ। अझै हेर्दैछन्।’

उनी कविता पनि लेख्ने गर्छन्। कला प्रतिष्‍ठानमा काम गर्ने प्रहरीले जनाएको छ।

चितवन घर भएका उनलाई प्रहरीले ललितपुरबाट बिहीबार पक्राउ गरेको हो। उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

उनीमाथि बिहीबार नै म्याद थप गर्ने प्रहरीको तयारी छ। गत सोमबार गायिका एलिना चौहानले उनीसहित चार जनाविरूद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस