हिमाचल प्रदेशमा बादल फाट्दा १८ जनाको मृत्यु, बाढीले बगाएर १५ जनाको मृत्यु

हिमाञ्चल, २ जुन ।
हिमाचल प्रदेशमा विभिन्न भागमा बादल फाट्दा १८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता रहेका छन्। सबभन्दा धेरै क्षति भएको मंडी जिल्लामा मात्र १६ जनाको ज्यान गएको छ।
सोमबार राति देखि अविरल वर्षासंगै आएको बाढी र बादल फाट्दा ठूलो जनधनको क्षति भएको छ। प्रदेशका विभिन्न १७ स्थानमा बादल फाटेको पुष्टि भएको छ । जसमध्ये १५ स्थान मंडी जिल्ला, एक–एक स्थान कुल्लू र किन्नौर जिल्लामा रहेका छन्।
कुकलाहको थुनाग उपमण्डलमा बाढीले बगाएका ८ घरका ९ जनाको शव फेला परेको छ । २१ जना बेपत्ता बेपत्ता भएका छन् ।
स्यांजको गोहर उपमण्डलमा बाढीले बगाएका २ घरका ९ जनामध्ये २ जनाको शव भेटिएको छ । बाडा गाउँमा घरभित्र पुरिएका छ जनामध्ये दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै परवाडाका एउटै परिवारका दुई जना हराएकोमा एक जनाको शव फेला परेको छ । करसोग नेगली पुल नजिकबाट हराएका ४ जनामध्ये एक जनाको शव फेला परेको छ ।
कुकलाह नजिकैको १६ मेगावाटको पटीकरी जलविद्युत परियोजना बाढीले बगाएको छ। मंडी जिल्लामा २४ घर र १२ गोठ बगेर नष्ट भएका छन्। ३० भन्दा बढी पशुहरूको मृत्यु भएको छ।
राष्ट्रिय विपद् प्रतिक्रिया बलद्वारा चलाइएको उद्धार अभियानमा हालसम्म ३३२ जनालाई सुरक्षित उद्धार गरिएको छ।
कुट्टी नाला, करसोग बाईपास, र करसोग क्याम्पस क्षेत्रबाट धेरै विद्यार्थी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा पुर्याइएको छ।
हिमाञ्चलका मुख्यमन्त्री सुखविंदर सुक्खाले बाढी, पहिरो र बादल फाटेर पाँच सय करोडभन्दा बढिको क्षति भएको बताए ।
अमर उजालाबाट ।