कैलालीमा वृद्धा महिलाको शव फेला, शरीरमा धारिलो हतियारले चोट, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान हुँदै

द एभरेष्ट पोष्ट
१७ असार २०८२ १५:५८
कैलालीमा वृद्धा महिलाको शव फेला, शरीरमा धारिलो हतियारले चोट, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान हुँदै

कैलाली- कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक वृद्धा महिलाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

८० वर्षीया माता देवी शाहीको शव मंगलबार बिहान सवा ८ बजे आफ्नै घरको सुत्ने कोठामा खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

शाही आफ्नै दुईतले घरको माथिल्लो तलामा एक्लै बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानअनुसार उनको छातीमा धारिलो हतियारको प्रहार गरिएको र घाँटीमा समेत चोट लागेको प्रहरीले जनाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा अझै खुल्न सकेको छैन। अनुसन्धानको सिलसिलामा तालिमप्राप्त कुकुरको सहयोगमा घटनास्थलको निगरानी गरिए पनि अहिलेसम्म ठोस प्रमाण फेला परेको छैन।

मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस