नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्ने भएको हो ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हरायो । नेपालले समूह चरणमा चारमध्ये चारवटै खेल जितेको हो ।
मलेसिया भने समूह बी को उपविजेता हो । मलेसिया हङकङसँग मात्र पराजित भएको थियो । हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ ।
सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।