जवाफदेहिता र समन्वय सुदृढ पार्न साझा प्रयास जरुरी : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताएका छन।
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उनले यस्तो बताएका हुन । प्रदेश विकासको प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो ।
उनले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमले सुशासन कायम र क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । “कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाइ जनतालाई डेलिभरी दिन भूमिका खेलेको छ”, उनले भने ।
प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रदेशको ८८ वटै पालिकामा सञ्चालनमा रहेको छ ।