महिलालाई आर्थिकरुपमा सशक्त बनाउनुपर्नेमा जोड

द एभरेष्ट पोष्ट
१७ असार २०८२ १०:३२
महिलालाई आर्थिकरुपमा सशक्त बनाउनुपर्नेमा जोड

कैलाली । कोभिड–१९ पछि महिलाहरूको दिगो जीविकोपार्जनमा पहुँच वृद्घि, आर्थिक पुनःस्थापना र उत्थानशील परियोजना अन्र्तगत सम्पन्न क्रियाकलापमा यूएन एजेन्सी र स्थानीय सरोकारवाला निकायसंंगको बैठक सम्पन्न भएको छ ।
मानव अधिकारकालागि महिला एकल महिला, सभा नेपालको संयुक्त आयोजना तथा यूएन वुमनको सहकार्यमा परियोजनाबाट भएका क्रियाकलापबारे जानकारी सहितको अन्तरक्रिया भएको हो ।
कार्यक्रममा सभा नेपालका कोभिड–१९ पछि महिलाहरूको दिगो जीविकोपार्जनमा पहुँच वृद्घि, आर्थिक पुनःस्थापना र उत्थानशील परियोजना संयोजक दलबहादुर ओली परियोजनाकोबारेमा जानकारी दिएका थिए ।
उक्त परियोजनाको मुख्य उद्देश्य कोभिड–१९ पछि महिलाहरुको मदिगो जीविकोपार्जननमा पहुँच वृद्घि, आर्थिक पुनःस्थापना र उत्थानशीलमा सहयोग गर्दै समाजमा रहेका भेदभावपूर्ण मूल्य मान्यतालाई सम्वोधन गर्ने बताए ।
उनले महिलाको क्षमता अभिबृद्धिगरि उनीहरुलाई आर्थिकमरुा सबल बनाउने र यस्ता कार्यक्रम मार्फत महिलाहरुलाई आर्थिक रुपले शसक्त बनाई आत्मनिर्भर बनाउने मुख्य उदेश्य रहेको जानकारी दिए ।
उनका अनुसार उपलब्ध स्रोत र सीपको प्रयोगगरि थप नयाँ अवसरको सिर्जना गर्ने, उत्पादन मुल्य श्रृखंलामा महिलाको भूमिकालाई बशसत्तनाउने, उनीहरुलाई आर्थिक गतिविधिमा केन्द्रित भई निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिता गराउने र घर, समुदायदेखि संस्थागत नेतृत्वमा क्षमता विकास गर्न सहयोग हुनेछ ।
परियोजनाले लैङ्गिक समानता र सामाजिक मान्यताको बारेमा ज्ञान बढाएको उनको भनाई थियो । लैङ्गिक रूपमा आधारित हानिकारक सामाजिक मान्यता र अभ्यास विरुद्ध समुदायमा विकास र परिचालन गर्न सामुदायिक प्रशिक्षकको समूह, सहभागीहरुले आफ्नो पहिचान र अधिकारको वकालत गर्न सक्ने भएको आयोजकको ठहर छ ।
स्थानीय सरकारको समकक्षी महिला घरेलु कामदारको मुद्दामा सचेत, सहभागीहरुको क्षेत्रीय सञ्जालसंग अन्तर–सिकाइ अवसर र उत्कृष्ट अभ्यास साझा गरि सम्बन्ध बनेको परियोजना संयोजक ओलीले जानकारी दिए ।
परियोजनाले महिला उद्यमीहुकनको लागि लैंगिक मुल्य मान्यता र सामाजिक समावेशी करण सम्बन्धी २ दिने तालिम, १५ दिने बजार मागमा आधारित वस्तु उत्पादन व्यवसायीक सिप तालिम ९बेमौसमी तरकारी खेती, अचार उत्पादन तथा बजारीकरण र च्याउ खेती, मसला प्रशोधन, एडभान्स सिलाइ लगायतको कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त परियोजनाले धनगढी उपमहानगरपालिकाका ७७ जना र गोदावरी नगरपालिकासे ४८ जना गरि १२५ जनालाई प्रत्यक्ष सहभागि गराएर उद्यमी बनाएको छ ।
उक्त बैठकमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश सहसचिव झकर बहादुर रावलले महिलाहरुको सीप र आर्थिक पाटो बलियो बनाउ क्षमता अभिवृद्धिमै जोड दिनु धारण राखे ।
यूएन वु्मनको प्रदेश संयोजक प्रतिभा चौधरीले महिलाहरुलाई अगाडी बढाउन उनीहरुको आर्थिक सशक्तीकरणमा जोड दिनुपर्छ । अहिलेसम्म कति महिला तालिम लिए उनी तालिम पश्चात सुरु गरेको उद्यमको अवस्था कस्तो छ, बजारीकरण के कस्ता चुनौति छन् त्यसबारे अनुगमनगरि तथ्यांक रख्ना जरुरी रहेको उनले बताईन् ।
मानव अधिकारका लागि महिला एकल महिलाका कार्यक्रम प्रदेश संयोजक वेद अवस्थीले एकल महिला, द्वन्दपीडित, एचआइभी महिलाहरु आर्थिकरुमा बलियो बनाउने कार्यक्र सञ्चालन गर्न जरुरी रहेको बताईन् ।
यस्तै फाया नेपालको अध्यक्ष गोमा आचार्यले महिलाहरुलाई सशक्त बनाउन औद्योगिक नीति ल्याने पर्नेमा जोड दिईन् । प्रदेश सरकारले साना उद्योगमा लगानी गर्न सक्ने योजना ल्याएको भए महिलाहरुलाई उद्यम सञ्चालनमा सहज हुने बताईन ।
कार्यक्रममा सेवक नेपालका अध्यक्ष पवन भण्डारी, दलित महिला अधिकार मञ्चका कसृजना पराजुली, निडस नेपालका विनोद कडारा, फेडो अध्यक्ष सविना सुनार, पत्रकार उन्नती चौधरी, कैलाली उद्योग बाणिज्य संघका कमला भट्टराईलगायतले आफ्नो धारण व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस