नेपाल प्रहरीसम्बन्धी विधेयक छिटो टुंग्याउन गृहमन्त्री लेखकको जोड

द एभरेष्ट पोष्ट
१५ असार २०८२ १६:५५
नेपाल प्रहरीसम्बन्धी विधेयक छिटो टुंग्याउन गृहमन्त्री लेखकको जोड

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउन संसदीय समितिलाई आग्रह गरेका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो विधेयकलाई यसै अधिवेशनमा पेस गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए।
गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानून देशकै सबैभन्दा पुरानामध्येको एक भएको उल्लेख गर्दै यसलाई अहिलेसम्म समयसापेक्ष संशोधन र परिमार्जन गरिसक्नुपर्नेमा ढिलाइ भएको बताए। उनले भने, “चाँडोभन्दा चाँडो यसै अधिवेशनमा प्रस्तुत गर्नेगरी हिजो जसरी नागरिकता विधेयकलाई उच्च प्राथमिकता दिएर प्रतिनिधि सभाबाट पारित नै गर्ने अवस्था यो समितिबाट भयो। यो कानूनलाई पनि त्यति नै प्राथमिकताका साथ अघि बढाइदिनुहुनेछ भन्ने आग्रह गर्दछु।”

गृहमन्त्री लेखकले विधेयकमा प्रहरीका जवानहरूलाई ‘तल्लो स्तरका’ नभनिकन ‘आधारभूत तहका’ भन्नुपर्ने प्रस्ताव गरिएको जानकारी दिए। उनले सरकार कानूनलाई राम्रो बनाएर निष्कर्षमा पुर्‍याउन तत्पर रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस