एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

द एभरेष्ट पोष्ट
१३ असार २०८२ १४:५३
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ –यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी छ ।
परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ।

आजै साँझ परीक्षाफल सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने कामसमेत लगभग सकिएकाले आजै नतिजा प्रकाशन गर्न लागिएको हो ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यपालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस