बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो ६ अर्ब

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार ८ र ९ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीको कुल निक्षेप ६ अर्ब रुपैयाँले घटेको छ।
असार ७ गतेसम्म बैंकिङ प्रणालीमा कुल ७० खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा, असार ९ गतेसम्म घटेर ७० खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि समान रूपमा ६ अर्बले घटेर ६२ खर्ब ८० अर्ब रुपैयाँमा सीमित भएको छ।
निकषेपमा गिरावट देखिए पनि सो अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। असार ८ गतेसम्म बैंकिङ प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो, जुन असार ९ मा बढेर ५५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।