विवादित विषयमा सहमति भएन, सारियो शिक्षा समिति बैठक

द एभरेष्ट पोष्ट
१२ असार २०८२ १४:३२
विवादित विषयमा सहमति भएन, सारियो शिक्षा समिति बैठक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दुई घण्टा पर सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिमा निजी विद्यालयको व्यवस्थापन र सञ्चालनका साथसाथै ईसीडी र शिक्षकका मागको विषयमा सहमति जुट्न सकेको छैन ।
सोही विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको बताइएको छ । समितिले असार १३ गतेसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरिरहेको भापति थापाले जानकारी दिए । उनले विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने बताए ।

बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । नेताहरूले विवादित विषयलाई साँघुरो बनाउँदै लगिएको जानकारी दिएका छन् ।

सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति गरे पनि अहिलेसम्म समितिले प्रतिनिधिसभामा पठाउन सकेको छैन ।

ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेपछि सरकारसँग बैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्नेगरी सहमति जुटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस