कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ल्यायो १ अर्ब २ करोडको बजेट

द एभरेष्ट पोष्ट
१० असार २०८२ १७:५९
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ल्यायो १ अर्ब २ करोडको बजेट

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्ब २ करोड २८ हजार ४५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।मंगलबार नगरपालिकाको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२र०८३ का लागि उक्त बजेट प्रस्तुत गरिएको हो।

बजेटको श्रोतको रूपमा आन्तरिक आयतर्फ ८ करोड रुपैयाँ, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १५ करोड १९ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। राजस्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट १५ करोड ३० लाख ९३ हजार ४५१ रुपैयाँ र प्रदेश सरकारबाट ४७ लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। सामाजिक सुरक्षा कोषतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, सङ्घीय सरकारको ससर्त अनुदानतर्फ २५ करोड १ लाख रुपैयाँ र प्रदेश सरकारको ससर्त अनुदानतर्फ १ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ। अन्य शीर्षकहरूमा सङ्घीय सरकारको समपूरक अनुदान ८३ लाख रुपैयाँ, प्रदेश सरकारको समपूरक अनुदान २ करोड १० लाख रुपैयाँ, सङ्घीय सरकारको विशेष अनुदान ४ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारको विशेष अनुदान ४० लाख रुपैयाँको अनुमान गरिएको छ।

यसअघि चालु आर्थिक वर्ष २०८१र८२ मा कृष्णपुर नगरपालिकाले ९७ करोड ५ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस