आज पनि सदनमा रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

द एभरेष्ट पोष्ट
८ असार २०८२ १२:०१
आज पनि  सदनमा रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

काठमाडौं । रास्वपाका सांसदले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन् ।
रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस